महिला लघुवित्तको सेयरमा लिलामी भर्ने आज अन्तिम दिन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । महिला लघुवित्तको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयरमा लिलामी भर्ने आज अन्तिम रहेको छ ।

कम्पनीले असार १७ गतेदेखि लिलामीमा ल्याएको सेयरमा आज लिलामी भर्ने अन्तिम दिन रहेको छ । 

आज कार्यालय समयभित्रमा आवेदन दिनुपर्ने हुन्छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ७०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्