खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक एकजनाको शव फेला 

खबर बुक
  • ख-
  • ख+

मुकेश कुमार यादव / सिरहा ४ साउन। सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

गोलबजार नगरपालिका वडा न- ८ सिडियोटोल नजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो ।

बुधवार राती देखि हराएको थापाको शव आज उनकै घरदेखी करिव  सय मिटरको दुरिमा खेतमा जमेको पानीमा फेला परेको प्रहरिले जनाएको छ ।

शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी  भइरहेको प्रहरीले जनाएको छ ।

newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्