आर्सनल शीर्षस्थानमा फर्कियो

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक।।नटिङघम फरेस्टमाथि सहज जितसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ ।

आइतबार राति आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे । यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक एक गोल थपे ।

पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलसँगै आर्सनलले म्यानचेस्टर सिटीलाई उछिनेको छ । अघिल्लो रात लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर शीर्षस्थानमा उक्लिएको थियो ।

आर्सनल १२ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा छ । पराजित फरेस्ट ९ अंक जोडेर पुछारमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्