गौरीघाटमा मनाइयो छठ [तस्बिर]

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १३ कार्तिक

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

काठमाडौंको गौरीघाटमा छठ पूजा भव्य रुपमा मनाइएको छ । छठ पूजाका लागि अधिकांश व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रका व्रतालुहरु साँझ घर फर्कछन्, र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन्। यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्