गोर्खाज फाइनान्सको नाफा शतप्रतिशत बढ्यो

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १३ कार्तिक।।गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्म आइपुग्दा फाइनान्सले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा १०१.०५ प्रतिशतले धेरै हो ।

गत वर्षको यही अवधिमा फाइनान्सले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिमा सञ्चालन नाफा पनि ७६.१९ प्रतिशत ले बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा २ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी भने ३१७४.४९ प्रतिशत ले बढेर ८ करोड ११ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्नाले यसको खुद नाफामा आकर्षक वृद्धि भएको हो । साथै, फाइनान्सको इम्पेयरमेन्ट चार्ज गत वर्षको तुलनामा घटेको छ । जसले गर्दा नाफामा बढ्नमा सहयोग पुगेको देखिन्छ । फाइनान्सको वितरणयोग्य नाफा ३२ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

गोर्खाजको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ । जगेडा कोषमा ७२ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात घटेर ७.४२ प्रतिशत कायम भएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्