तिहार सकियो, छठ पर्वको तयारी सुरु

खबर बुक
  • ख-
  • ख+

यस वर्षको तिहार सकिएको छ ।

हिजो दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाएसँगै यस पर्वको तिहार सकिएको हो । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन भाइटीका मनाउने गरिन्छ ।

यो दिन दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

तिहारमा काग, कुकुर, गाईगोरु र दाजुभाईको पूजा गर्ने गरिन्छ । तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ । छठ पर्व पर्सि आईतवार परेको छ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्