कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेन 

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृङ्खलाको रेड कार्पेट सहभागी भएका छन् ।

बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म   फेस्टिभलमा सहभागी भएका हुन् ।

बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका छन् भने उनले यस क्रममा बालेनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका छन् ।

यस्तै उनले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने छन् । उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ । फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ । 

newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्