काठमाडौँमा पम्पबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २३ । काठमाडौँको शंखरापुर नगरपालिका-६ साँखुमा पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

सख्वाँ डेरीमा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको आज ज्यान गएको हो ।

उनी अचानक विद्युत् सट भई करेन्ट लाग्दा गम्भीर घाइते भएकी थिइन । ति महिलाको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्