उपेन्द्र यादवको पार्टी विभाजन हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २३ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा अव नयाँ दल गठन हुने भएको हो ।

नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।

विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ भने यसमध्ये सात जनाले हस्ताक्षर समेत गरिसकेका छन् । यसमा राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठलगायत छन् ।

जसपा नेपालका अध्यक्ष यादव हाल अमेरिकाको भ्रमणमा रहेको र आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्