हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री योको

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ ।  आजै काठमाडौँ आइपुगेकी जापानकी विदेशमन्त्री खामिखावा योकोले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी छन् । 

विदेशमन्त्री योकोले विश्व सम्पदा सुचिमा सुचिकृत हनुमानढोका दरबार क्षेत्रको अवलोकन भ्रमण गरेकी हुन् । 

एक दिनको भ्रमणमा नेपाल आएकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्