चार दिनपछि खुल्यो पोखरा विमानस्थल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। धुवाँ र तुवालोका कारण ४ दिनदेखि उडान बन्द रहेको पोखरा विमानस्थल सञ्चालनमा आएको छ। धुवाँ र तुवालो कम भएसँगै बिहिबार बिहानदेखि जहाजले उडान थालेको बुद्व एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए।

यसअघि धुवाँ र तुवालोका कारण २ दिन आंशिक र २ दिन पुर्णरुपमा उडान बन्द भएका थिए। मौसममा सुधार आएसँगै बिहानैदेखि उडान सुरु गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्