राष्ट्रपति पौडेलले विमानस्थल पुगेर कतारी राजाको स्वागत गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुई दिने औपचारिक भ्रमणमा आउने कार्यतालिका छ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल कतारी राजाको स्वागत गर्न विमानस्थल जानेछन्। कतारी राजा थानीको सवारीका कारण मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ।

राजा निजी जहाजमा आउने तयारी छ। राजकीय भ्रमणका सिलसिलामा पाहुनाको सम्मान र सुरक्षाका कारण विमानस्थल बन्द गर्ने प्रचलन  छ। राजा थानी नेपाल भ्रमणको सिलसिलामा मंगलबार साँझ ५ः३५ काठमाडौं आउँदै छन् ।  

राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतलनिवासमा भेटवार्ता गर्नेछन्। उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। कतारी अमिर फिलिपिन्स र बंगलादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्