थ्रेसरमा कपडा बेरिँदा कैलालीमा एक महिलाको ज्यान गयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ७ थ्रेसरमा धान हाल्ने क्रममा भएको दुर्घटनामा कैलालीमा एक महिलाको ज्यान गएको छ ।

कैलारी गाउँपालिका ३ भर्रीटोलका ४५ वर्षका बिना चौधरीको मृत्यु भएको हो । आफ्नै घर नजिकैको खेतमा थ्रेसरमा धान हाल्ने क्रममा चौधरीको पटुकी थ्रेसरमा फसेर बेरिएपछि उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्