लेखापरीक्षकमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ६ वैशाख । सरकारले लेखापरीक्षकतर्फ रिक्त सचिव पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल लेखापरिक्षण सेवा समूहिकरणको राजपत्राङ्कीत बिशिष्ठ श्रेणी(सचिव) पदमा अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरको छ । त्यस्तै बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मुख्य सचिव पदमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायममुकायम मुकरर गरि कामकाजमा खटाउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मालाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्