जनकपुर पुगेर माधव नेपालले भने- एमाले मधेस विरोधी शक्ति हो

न्युज कारखाना
  • ख-
  • ख+

जनकपुरधाम, ५ कार्तिक

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मधेस विरोधी शक्ति भएको बताए । पाँच दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले मधेस विरोधी शक्ति भएको दाबी गरेका हुन् ।

‘केपी ओली मुलुकको लागि झनै खतरनाक व्यक्ति हुन् । उनलाई परास्त नगरेसम्म गठबन्धन कमजोर हुँदैन । गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा रहेको छ । त्यसैले एकताबद्ध भएर गठबन्धनको पक्षमा मतदान गर्नुहोला,’ उनले भने ।

ओलीका भ्रमक कुरामा नपर्न र नअलमलिन कार्यकर्ताहरूलाई उनको आग्रह छ । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेको उनको आरोप छ । यसले ओली मधेस विरोधी भएको प्रष्ट हुने उनले बताए ।

नेपालले गठबन्धनभित्रका समस्या समाधान गर्दै चुनाव जित्नतिर लाग्नुपर्ने धारणा राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्