आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने राप्रपा अध्यक्ष लिङ्देनको दावी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने दावी गर्नुभएको छ ।

शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नजिता आउने र राप्रपालाई अघि बढ्न अव कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।

आगामी निर्वाचन केवल आवद्यिक निर्वाचन मात्रै नभएको भन्दै उहाले तीन दशकदेखिको सीमित राजनीतिक दलहरुको चक्रव्युहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताउनुभयो । निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुनेगरि मतदान गर्न उहाले आह्वान गर्नुभयो । लिङ्देनले यसअघिको निर्वाचनमा राप्रपाले गलत गठबन्धन गरेरकाले राम्रा मान्छे पराजित भएकाले अव भने त्यस्तो अवस्था नआउने धारणा राख्नुभयो ।

त्यस्तै लिङ्देनले अन्य दलमा रहेकाहरुले पनि आफ्नो पार्टी सुधार्न रापपामा मतदान गर्नुपर्ने जिकिर गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्