‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीले आफूमा रहेको प्रतिभा देखाएका छन् । राजधानीमा आयोजित ट्यालेन्ट राउन्डअन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकला लगायतका ट्यालेन्ट देखाए ।
डान्स कोरियोग्राफर श्रेया महर्जन, सौन्दर्य प्रतियोगिता विजेता पूजा पुरी र प्रोफेसर विनय रन्जितलगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए । प्रतियोगितामा आठ महिला र आठ पुरुष प्रतियोगी रहेका छन् ।
प्रतियोगिताको यो ११औं संस्करण हो । यसका लागि उपत्यकाका नाइटिंगेल इन्टरनेसनल कलेज, हेराल्ड कलेज, काठमाडौं स्कूल आफ सेन्टल स्टेज, किष्ट कलेज, गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, वेस्टर्न कलेज, ह्वाइटफिल्ट इन्टरनेसनल कलेज, कुसम, द टाइम्स इन्टरनेशनल कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रवीण लाकौलले बताए ।
ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका बिभिन्न बिषयमा आफुलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिने बताइन् । मिसेस युनिभर्स नेपाल २०१९ की विजेतासमेत रहेकी अनिला प्रतियोगिताको कोरियोग्राफरसमेत हुन् ।
प्रतियोगिताको अन्तिम स्पर्धा यही १७ भदौमा रसियन कल्चल सेन्टर (रसियन हाउस) कमलपोखरीमा आयोजना हुँदैछ । प्रतियोगीमा शीर्षसहित बिभिन्न आधा दर्जनभन्दा बढी बिधामा विजेता छानिनेछ ।