निर्वाचनको शान्ति सुरक्षाको अवस्थाबारे मानव अधिकार आयोगले छलफल ग¥यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ४

मङ्सिर ४ गते हुने प्रदेश, प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षाको तयारी बारेमा राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायसँग छलफल गरेको छ ।

आज सुरक्षा निकायका प्रमुख, प्रतिनिधिसँग भएको छलफलमा आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य प्रसाद ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन सुरक्षा निकायको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सुरक्षा चुस्त बनाउन आपसी सहकार्य र समन्वय हुनुपर्ने पनि बताउनुभयो । छलफलमा सहभागि सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरूले शान्ति सुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा, अनुभव, आगामी निर्वाचनमा आउन सक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीबारे जानकारी गराएका थिए ।

छलफलमा आयोगका आयोगका सदस्यहरू मिहिर ठाकुर, मनोज दुवाडी, लिलि थापा, का.मु सचिव मुरारिप्रसाद खरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याल एवं सुरक्षा निकायका अधिकृत तथा आयोगका कर्मचारीको उपस्थिती रहेको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्