प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्- स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइयो, कारबाही गर्दा त भूकम्प नै आउँछ होला

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ४ कात्तिक

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालना नगर्ने र किन पालना भएन भनेर स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उनले दलका नेताहरू आफैँले पालना गर्छु भनेर दस्तखत गरेको आचारसंहिताको पालना भएन भनेर सोध्दा कोकोहोलो मच्चिएको भन्दै आचारसंहिताका सम्बन्धमा आयोगको निर्णयले भूकम्प आउने हो कि भनेर संशय व्यक्त गरे । उनले स्पष्टीकरण सोध्नु भनेको कारबाही नभई यसको प्रारम्भ भएको बताए ।

‘स्पष्टीकरणले तरंग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि ? निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ,’ उनले भने, ‘जुन राजनीतिक दलहरूकै अनुरोधमा तयार गरिएको हो ।’ थपलियाले स्थानीय तहको निर्वाचनमा अनुभूत गरेका समस्या नदोहोरिने गरी आयोगले आसन्न निर्वाचनको तयारी गरिएको पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्