तारेभिरमा मृत अवस्थामा भेटिएकी सुस्माको हत्या आरोपमा एकजना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र ३ । केही दिन अघि तारेभिरमा मृत अवस्थामा फेला परेकी सुस्मा लामाको हत्या आरोपमा एक जना युवक परेका छन । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–३ का २१ वर्षीय रुपेन्द्र लामा रहेका छन् प्रहरीले जनाएको छ ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन् गरेको थियो । आरोपी लामालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्