सडकपेटीमा गृहमन्त्रीको निर्वाचन कार्यक्रम

खबर बुक
  • ख-
  • ख+

भैरहवा, ३ कात्तिक । गृहमन्त्रीसमेत रहेका का‌ंग्रेस नेता बालकृष्ण खाणले सडकपेटीमै निर्वाचन कार्यक्रम गरेका छन् । पैदल यात्रु तथा सर्वसाधरणका लागि सहजहोस भन्ने हेतुले व्यस्त सडकको छेउछाउ बनाइएको सडकपेटीमै चुनावी कार्यक्रम गरिएकाे हाे ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले रुपन्देहीको क्षेत्र नम्बर ३ (भैरहवा)बाट उम्मेदवार बनेका छन् । उनले वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन सडकपेटीबाट नै गरेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्