सुन तस्करलाई नागरिकता दिने बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अधिकृत पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ फागुन । सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आशंकामा बागमती प्रदेशसभा सचिवालयमा कार्यरत छैटौं तहका अधिकृत रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

अर्याल यसअघि यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङबाट सरुवा भई बागमती प्रदेशसभा सचिवालय आएका थिए। अर्याललाई प्रदेशसभा सचिवालयबाटै पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले पुष्टि गरे।

अर्यालयलाई काभ्रे प्रहरीको आग्रहमा मकवानपुर प्रहरीले पक्राउ गरेको हो। काभ्रे जिल्ला प्रशासनमा रहँदा अर्यालले सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोप छ। काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिँदा अर्यालको पनि संलग्ना भेटिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्