मोदीले प्रशंशा गरेको ‘आर्टिकल ३७०’ले कमायो ३२ करोड बढी, गयाे नाफामा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन । बलिउड फिल्म ‘आर्टिकल ३७०’  फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले बक्स अफिसमा निकै माया पाइरहेको छ ।

यामी गौतमको फिल्म ‘आर्टिकल ३७०’ ले ६ दिनमा ३० करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

सैकनिल्कको रिपोर्ट अनुसार ‘आर्टिकल ३७०’ ले छैटौं दिनमा पुग्दा ३.१० करोडको व्यापार गरेको छ। योसँगै घरेलु बक्स अफिसमा ‘आर्टिकल ३७०’ को कुल कलेक्सन ३२.५५ करोड पुगेको छ । याेसँगै फिल्मले रिलिज भएको चार दिनमै बजेटकाे रकम उठाइसकेकाे थियाे । 

यामी गौतम स्टारर फिल्म ‘आर्टिकल ३७०’ ले कश्मीरबाट संबिधानको धारा ३७० हटाएको प्रसङगलाइ देखाएको छ । फिल्ममा यामी गौतमका साथै प्रिय मणी, अरुण गोविललगायतका कलाकारको अभिनय रहेको छ ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्