
काठमाडौं, १६ फागुन ।सामाजिक सुरक्षाा कोषमा योगदान रकम ५० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। बुधबार दिउँसोसम्मको तथ्यांकअनुसार ११ लाख ६४ हजार ९८६ योगदानकर्ताबापत उक्त रकम संकलन गरिएको हो।
हालसम्म कूल १८ हजार ७२७ रोजगारदाता कोषमा सूचीकृत भएका छन्। कोषका अनुसार हालसम्म ७ अर्ब ६९ करोड ५ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जानकारी दिएको छ। कोष २०७५ मंसिर ११ गतेदेखि सुरु गरिएको थियो।