प्रचारप्रसारमा आचारसंहिता विपरित गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

खबर बुक
  • ख-
  • ख+

सामाजिक सञ्जाल र भौतिक रूपमा गरिने चुनावी प्रचारप्रसार भड्किलो र आचारसंहिता विपरित जान थालेपछि निर्वाचन आयोगले उम्मेदवारहरूलाई जिम्मेवारीपूर्वक गतिविधि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

आचारसंहिता नमानेको खण्डमा त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने चेतावनी आयोगले दिएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने बताउनुभयो ।

कात्तिक १८ भन्दा अघि घरदैलो कार्यक्रम गर्न भने आयोगले रोकेको छैन तर घरदैलोमा २५ जना मात्रै जान र कुनै पनि बाजागाजा वा तामझाम नदेखाउन भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्