उदयपुरमा उत्कृष्ट काम गर्ने ६ प्रहरी सम्मानित

न्युज कारखाना
  • ख-
  • ख+

उदयपुर, १ कात्तिक।।जिल्ला प्रहरी कार्यालय उदयपुरले ६७ औँ प्रहरी दिवसका अवसरमा उत्कृष्ट काम गर्ने संगठनका ६ जना प्रहरीलाई सम्मान गरेको छ । प्रहरी नायव निरिक्षक गंगाराम राईसहित ६ जनालाई सम्मान गरिएको हो ।

पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक गंगाराम राईदेखि जवान विनिता हेल्मुसम्म ६ जना छन् । सई राई र अर्का पुरस्कृत प्रहरी सहायक निरीक्षक घनश्याम पोखरेल जिल्ला प्रहरी कार्यालयमै कार्यरत हुन् ।

इलाका प्रहरी कार्यालय बेलटारमा कार्यरत प्रहरी हवल्दार शौरभकाजी थापा र इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलामा कार्यरत अर्का हवल्दार नवराज भुर्तेल पनि पुरस्कृत भए । इलाका प्रहरी कार्यालय कटारीका सहायक प्रहरी हवल्दार निरन्ज्ञन दनुवार र जिल्ला प्रहरी कार्यालयकै जवान बिनिता हेल्मु पनि पुरस्कृत भएका छन् ।

उदयपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी ज्ञानेन्द्रप्रसाद फुयालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्