पुल्चोक क्याम्पसका विद्यार्थीहरुले विश्व स्तरिय कार्यक्रम TEDx काे आयोजना गर्दै

खबर बुक
  • ख-
  • ख+

७ फागुन, काठमाडौं । पुल्चोक क्याम्पसका विद्यार्थीहरूद्वारा आयोजना  गरिएको TEDxIOE  पुल्चोक पहिलो विश्व स्तरिय कार्यक्रमको रूपमा इतिहास रच्न तयार   छ।

२०८० साल फागुन  ९ गते फेब्रुअरी २१ का दिन ललितपुरको च्यासलमा अवस्थित ज्यापु प्रज्ञा भवनमा आयोजना हुन गइरहेको यस कार्यक्रममा विभिन्न् क्षेत्रहरुमा आफ्नो नाम बनाएका व्यक्तित्व हरु द्वारा आफ्नो भनाइ हरु प्रस्तुत गरिनेछ ।  पुल्चोक  ईन्जिनियरिङ  कलेजका विद्यार्थीहरुको साथमा गोल्ड पाटनर को रुप मा Hyperce ,मार्केटीङ पाटनर को रुपमा At Groups र टिकटिङ पार्टनर को रुपमा

खल्ती रहेको छ । TEDxIOE पुल्चोकले नयाँ विचारधारा बोकेका  नेत्रित्वहरू , नबिन प्रयोग गर्ने  आविष्कारकहरू, र नवप्रवर्तनका सर्जकहरुलाई आफ्ना  विचारहरू र अन्तर्दृष्टिहरू नेपाल र विश्वव्यापीरुपमा रहेका  दर्शकहरूसँग साझा गर्ने प्लेटफर्म को बिकास गर्ने लक्ष्य राखेको छ। 

प्रख्यात अमेरिका को TEDx Talks बाट प्रेरित भएको यस कार्यक्रमले अर्थपूर्ण छलफल र समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्ष्या राखिएको छ । TEDxIOE पुल्चोकको विद्यार्थीद्वारा आयोजना गरिएको पहिलो संस्करणले पुल्चोक क्याम्पस समुदायको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हुनेछ भन्ने आयोजक को बिश्वास छ ।

यसले विद्यार्थीहरूको प्रतिभा र लगनशिलतालाई पनि  विश्वव्यापी मञ्चमा प्रदर्शन गर्नेछ । उक्त कार्यक्रमका वक्ता हरु नेपाल का बिभिन्न क्षेत्र मा उल्लेखनिय भूमिका निभाउने पात्र हरु रहेका छन् ।  मा. सुमना श्रेष्ठ संघीय संसद सदस्य, रमेश पौडेल  अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका सदस्य, खेम लकई शिक्षक र प्रशिक्षक लगायत का धेरै प्रतिष्ठित व्यक्तित्वहरू को सहभागिता हुनेछ ।

सहभागीहरूले उक्त कार्यक्रमबाट अमुल्य विचारहरुका साथसाथै अन्तरक्रियात्मक छलफलहरू, भबिस्य को लागि एक अविस्मरणीय पल र नेटवर्किङका अवसरहरूले भरिएको एक समृद्ध अनुभवको आशा गर्न सक्ने छन्  ।

TEDxIOE पुल्चोकमा भाग लिएर सहभागीहरूले बहुमूल्य बिचार धारा प्राप्त गर्नेछन्, आफ्नो क्षितिज विस्तार गर्नेछन्, र नवीनता र प्रगतिको लक्ष्य बोकेका आफु समान विचारधारा भएका व्यक्तिहरूसँग जोडिनेछन्।

TEDxIOE पुल्चोक सबै बर्गका सिक्न इच्छुक बेक्तित्व का  लागि खुला  रहेको छ। सबै समाजका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्दै  विद्यार्थी, व्यावसायि, वा जुन सुकै समुदायलाइ प्रतिनिधित्व गर्ने  सदस्यभएतापनि , TEDxIOE पुल्चोकले समावेशी वातावरणका साथै सबैलाई  सिक्ने र प्रेरित हुने अवसर प्रदान गर्दछ ।

कारीब ३०० दर्शक भित्राउने लक्ष्य राखेको TEDxIOE पुल्चोकले नेपाल को TEDx इतिहास मा आफ्नो नाम सुनौलो अक्षर मा लेखाउन को लागि तम्तयार रहेको छ ।

८ घण्टा लामो यस सत्रबाट प्रेरित भएर समाज को,देश को र बिश्व को हित का लागि थोरै भए पनि भूमिका निर्बाहा गर्न सकिन्छ भन्ने आयोजक को बिश्वास रहेको छ । कार्यक्रम को टिकट खल्ती app बाट सजिलै खरिद गर्न सकिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्