
काठमाडौै, ३१ असोज । विद्यार्थी भर्नाका लागि चिकित्सा शिक्षा आयोगले अनुमति दिएका ७० मेडिकल तथा नर्सिङ कलेजमा २ हजार ६६० सिट खाली रहेको छ ।
आयोगले सञ्चालन गरेको चिकित्सा शिक्षा तर्फको स्नातक तहको भर्ना कार्यक्रममा विभिन्न विषयमा २ हजार ६ सय भन्दा बढी सिट खाली रहेको पाइएको हो ।
आयोगबाट उल्लेख रहेको विवरण अनुसार स्नातक तहको एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, लगायत विभिन्न शैक्षिक कार्यक्रमका लागि आयोगले निर्धारण गरेको सिट भन्दा विद्यार्थी भर्ना निकै कम भएको पाइएको हो ।
आयोगले चिकित्सा शिक्षा तर्फको विभिन्न शैक्षिक कार्यक्रमका लागि ७० कलेजका लागि ८ हजार ५६० सिट निर्धारण गरेको थियो । तर आयोगले गरेको भर्ना कार्यक्रमबाट ५ हजार ९ सय विद्यार्थी मात्र भर्ना भएका छन् ।
आयोगबाट प्राप्त तथ्याङ्कका अनुसार सबैभन्दा धेरै बिपिएचको सिट खाली रहेको पाइएको छ ।