नाइजेरियाको बाढीमा ६०० भन्दा बढीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

कानो, ३१ असोज।।नाइजेरियामा एक दशकको सबैभन्दा खराब बाढीमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

बाढीका कारण १३ लाखभन्दा बढीलाई उनीहरूको घरबाट विस्थापित गरेको नाइजेरियाको मानवीय मामिला मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘दुर्भाग्यवश, आज अक्टोबर १६ सम्म ६०३ भन्दा बढीको ज्यान गएको छ’ मानवीय मामिला मन्त्री सादिया उमर फारुकले भने । गत साता सरकारले बाढीका कारण ५०० जनाको मृत्यु भएको जनाएको थियो । बाढीमा केही मानिसहरु हराइरहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्