नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३१ असोज ।।हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसकाण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली  रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।  बाँकी  प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार पहाडी भूभागका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्