इबोलाका कारण युगान्डामा लकडाउन

खबर बुक
  • ख-
  • ख+

कम्पाला, ३१ असोज।।युगान्डामा इबोलाका कारण लकडाउन घोषणा गरिएको छ ।
राष्ट्रपति योवेरी मुसेभेनीले इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरेका हुन् । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेदेखि अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्