हेटौँडाबाट चाँदीको गरगहनासहित एक जना पक्राउ

न्युज कारखाना 
  • ख-
  • ख+

हेटौँडा, ३० असोज

मकवानपुर प्रहरीले करिब २० किलो चाँदीको तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा अवैध ढंगबाट हेटौँडा ल्याइदै गरेको १९ किलो ८ सय ४५ ग्राम चाँदीबाट बनेको गरगहनासहित हेटौँडा–१४ बाट लालबाबु शाहलाई नियन्त्रणमा लिएको हो ।

बिरगंजबाट हेटौँडा आउँदै गरेका शाहालाई हेटौँडा १४ स्थित ड्राईभर डाँडाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रदेश ०२-०३-०१८ प ८२४८ नंबरको मोटरसाइकल रोकेर जाँच गर्दा उनको साथबाट अवैध गहना बरामद गरिएको प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्