मनोकामना पूरा हुने जनविश्वासमा पानी पनि नखाई व्रत नबस्न चिकित्सकले सुझाव दिएका छन् ।
हप्तामा एक दिन व्रत बस्नु स्वास्थ्यको लागि फाइदाजनक भएपनि वर्षदिनमा एक पल्टमात्र पानी पनि नखाई व्रत बस्दा स्वास्थ्यमा समस्या आउँने भएकाले ख्याल गर्न डाक्टरले सुझाव दिएका हुन् ।
विशेष गरी दिनभरि पानी पनि नखाई निर्जल वा निराहार व्रत बस्ने भएकाले रक्तचाप, मधुमेह लगायतका स्वास्थ्य समस्या भएकाहरूको स्वास्थ्यमा समस्या हुने पोषण विज्ञले बताएका छन् ।
पोषणविज्ञ डाक्टर आरेम कार्की कम रक्तचाप भएका, मधुमेहको समस्या भएका, गर्भवती लगायत जेष्ठ महिलाहरुले निराहार ब्रत बस्नु स्वास्थ्यका दृष्टीकोणले हानीकारक हुने बताउनुभयो ।
यस्तै गर्मी पनि बढ्ने क्रममा रहेकाले शरीरमा पानीको मात्रा कम भएर बेहोस हुने समस्या हुनसक्ने भन्दै त्यसो नगर्न सुझाव दिनुभयो । यस्तै घाममा धेरैबेर नबस्न पनि डा. रक्षा गौतमले आग्रह गर्नुभयो ।
शरीरमा भएको पानी पसिनामार्फत बाहिर जाने भएकाले पानीको कमिले विभिन्न स्वास्थ्य समस्या हुने भएकाले आफूले सहनसक्ने गरी वर्त बस्न उहाँले सुझाव दिनुभएको छ ।