५ माघ, काठमाडौं ।देशको पूर्वी र मध्य तराईका अधिकांश स्थानहरुमा बाक्लो कुहिरो तथा र पश्चिम तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ ।
हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ।
केही दिनलाई वर्षाको सम्भावना टरेको मौसमविद्ले बताएका छन्।मौसमविद्का अनुसार हिउँदका बेला वर्षा गराउनले पश्चिमी वायुले हो। अहिले त्यो कमजोर भएको छ।











