आर्मीमाथि बागमती प्रदेश ३ विकेटले विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ३ माघ । बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

आर्मीले दिएको ९८ रनको लक्ष्य पछाएको बागमती प्रदेशले २२.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि बागमतीका सुर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिंग लाइन धारासायी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट हुदै ९७ रन मात्र बनाएको थियो । 

बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्बाधिक २८ रन बनाए भने भिम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए । 

यो बागमती प्रदेशको जारी प्रतियोगितामा दोस्रो जित हो । ४ खेलमा २ जित र २ हारसहित बागमतीको ४ अंक भएको छ । त्यस्तै आर्मीको भने यो दोस्रो खेलमा पहिलो हार हो । अब आर्मीले अर्को खेल विहिबार कोशी प्रदेशविरुद्ध खेल्ने छ भने बागमती प्रदेशले शुक्रबार कोशी प्रदेशविरुद्ध नै खेल्ने छ ।

  न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्