काठमाडौँ, २ माघ । ‘संस्कृति विद डा. चिन्तामणि योगीले संस्कृति अध्यात्मको आधार भएको बताउनुभएको छ ।
संस्कृतिले नै अध्यात्मीक चेतना,चिन्तन र गहिराईमा प्रवेश गरिने बताउनुभयो । । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा बोल्दै संस्कृति विद डा. योगीले संस्कृति विना समाजको परिकल्पना पनि गर्न नसकिने बताउनुभयो ।
शैक्षिक अभियन्ता समेत रहेका डा.योगीले देशमा अपरा विद्याले गर्दा नेपालमा विद्यार्थीको समस्या रहेको बताउनुभयो । अपरा विद्याले गर्दा नेपालको भविष्य छैन भन्दै विद्यार्थी बिदेसिने गरेको उहाँको भनाई छ ।
उहाँले देशले ज्ञान,चेतना र संस्कृत परक शिक्षा दिन नसकेको बताउनुभयो । उहाँले बाेर्डिङ्ग स्कुलले
विदेशका लागि जनशक्ति र सामुदायिक विद्यालयहरूले राजनीतिक दलका कार्यकर्ता तयार गरिरहेको बताउनुभयो ।










