लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २४ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पनि यी तीन प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । केही दिनयता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगातार ठूलो पानी परिरहेको छ ।

यी तीन प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुने अनुमान गरिएको छ । पश्चिमी क्षेत्रमा पनि भोलिदेखि क्रमिक रुपमा मौसममा सुधार हुने मौसमविद्को अनुमान छ । तर, मनसुन सक्रिय नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने हुने मौसमविद् अधिकारीले बताउनुभयो ।

गएको अक्टोबर २ अर्थात १६ गते नै मनसुन सकिनु पर्नेमा यसपालि मनसुन लम्बिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्