बाढी–पहिरो र डुबानमा परेकालाई उद्धार गर्न, आवश्यक परे हेलिकप्टर प्रयोग गर्न गृह मन्त्रीको निर्देशन

खबर बुक
  • ख-
  • ख+

असोज २२, काठमाण्डौ  । गृह मन्त्री बालकृष्ण खाणले निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि निर्देशन दिनुभएको छ ।

गृह मन्त्री खाणले हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थामा तत्काल प्रयोग गर्न पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।

उहाँले सुरक्षा निकाय र प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सरकारको मुख्य दायित्व नागरिकको जिउ–धनको रक्षा गर्नु रहेको भन्दै विपदमा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

गृह मन्त्री खाणको निर्देशनपछि नेपाली सेनाका दुई वटा हेलिकप्टर सुर्खेतमा तैनाथी अवस्थामा रहेका छन् । निरन्तरको वर्षापछि आएको बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार, उपचार, पुनर्स्थापना र राहतको व्यवस्था गर्न पनि गृह प्रशासनलाई उहाँले निर्देशन दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्