काठमाडौं। साइबर सुरक्षा विनियमावली, २०७७ संशोधन हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले उक्त विनियमावली संशोधन तयारी गरेको हो।
प्राधिकरणका अनुसार साइबर सुरक्षा मापदण्ड तथा आइसिटी पूर्वाधार र सूचना प्रणालीलाई विभिन्न साइबर आक्रमण र जोखिमबाट बचाउन तथा सूचना र सञ्चार प्रविधिका सेवा प्रयोग गर्नेतर्फ सेवाग्राहीको विश्वसनियता कायम राख्न यो विनियमावली लागू गरिएको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ (१९९७) को दफा ६२ को प्रयोग गर्दै विनियमावली लागू गरेको थियो । हाल प्राधिकरणले उक्त विनियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

यसरी रायसुझाव दिँदा बुँदागतरूपमा दिनुपर्ने र संशोधन गर्नुपर्ने कारणसमेत उल्लेख गर्न प्राधिकरणले जनाएको छ।