सल्यानमा जीप दुर्घटना हुँदा घाइते भएकामध्ये ५ जना नेपालगञ्ज रेफर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ असोज । सल्यानमा जीप दुर्घटना हुँदा घाइते भएकामध्ये ५ जनालाई नेपालगञ्ज रेफर गरिएको छ ।

१७ जना घाइतेमध्ये गम्भीर घाइते भएका ५ जनालाई जिल्ला अस्पताल सल्यानबाट नेपालगञ्ज रेफर गरिएको हो ।

गम्भीर घाइते हुनेहरुमा जीप चालक अर्जुन बुढामगर, भूमि पुन, जङ्गबहादुर पुन, अनिता पुन र उहाँका ६ वर्षका छोरा जीवन पुन रहेका प्रहरीले जनाएको छ । अन्य १२ जनाको जिल्ला अस्पताल सल्यान र जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा १४ वर्षका एनका पुन र ३९ वर्षका मानबहादुर पुनको ज्यान गएको प्रहरीले जनाएको छ । सल्यानको कुमाख गाउँपालिका–७ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप जिमालीमा दुर्घटना भएको हो।

यसअघि गएको मङ्गलवार राति सल्यानको कपुरकोट गाउँपालिका मूलपानी नजिकै जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्