निस्शुल्क वितरणका लागि पारासिटामोल प्रदान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ असोज

डेंगु संक्रमणको विध्यमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमारी अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई निस्शुल्क वितरणका लागि औषधि उपलब्ध गराएको हो ।

ुविभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरि राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको छ। त्यस्तै सम्पूर्ण निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई यसको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको छ,ु मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्