नेपालमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ सय ४३ पिसिआर परिक्षणका क्रममा ६५ जना र २ हजार १ सय ९६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३ सय ९६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ८१ हजार ५९ जना निको भएका छन् । हाल नेपालमा ३ हजार ६ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्