कृषिविद् धनेज थापा काठमाडोैँ २ मा विवेकशील साझा पार्टीको उम्मेदवार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ असोज,विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उमेदवारी प्रस्तुत गरेको छ ।
काठमाडोैँ क्षेत्र नम्बर २ मा आज आयोजित कार्यक्रमकाबीत पार्टीका युवा नेता थापालाई उम्मेदवार घोषणा गरेको हो । थापा पिएचडी स्कलर हुन् ।

लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकुलन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका थापाले आफ्नो क्षेत्रमा उच्च छबी बनाएका छन् ।

पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा समेत नीतिगत योगदान पुर्याएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्