कांग्रेस बलियो भएमा पहिलाे प्राथमिकता शिक्षा,स्वासथ्य र रोजगारिलाइ दिइने काङग्रेश नेता प्रकाश मान सिङ

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरुको विस्तारै चासो बढ्नु सकारातम्क भन्दे अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।

आज मोरङ समाज काठमाडौंले दशैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरुलाई सिपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै, उनले स्वास्थ्य,शिक्षा,रोजगारीमा जोडदिँदै सिपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्नेगरि काम गर्ने बताए । हरेक वडामा ल्याबसहितको क्लिनिक पु¥याउनुपर्ने र हरेक क्षेत्रमा सिप सिकाउने तालिम केन्द्र खोल्नुपर्नेमा आफ्नो जोड रहेको सिंहाके भनाई थियो ।

संविधानको कार्यन्वयन गर्न र गाउँगाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेकोमा सिंहको जोड थियो । कांग्रेस कमजोर हुँदा संविधानसभा संविधान बनाउन विफल भएको उदाहरण दिँदै उनले कांग्रेस संसदमा बलियो भएपछि मात्र संविधान जारी भएको बताए ।

त्यस्तै, देशको समृद्धि र शिक्षा,स्वासथ्य र रोजगारकिा लागि कांग्रेस बलियो बनाउनुपर्ने उनको भनाई थियो । जनताले परिवर्तन खोजेको भन्दै अब शिक्षा,स्वास्थ्यजस्ता नागरिकको दैनिक जिवनलाई सहज बनाउने विषयमा परिवर्तन ल्याउनुपर्ने सिंहले बताए ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्