शेखर कोइराला पक्षधरको भेला गर्न बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ असोज ।  नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भेला गर्ने तयारी गरेको छ । शनिबार गर्ने भेलाका लागि शेखर पक्षको बैठक बसिरहेको छ ।

विशेषगरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक बसेको हो ।

जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्