वीर अस्पताल अगाडिका टहरा भत्काइने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ ।

काठमाडाँै महानगरपालिकाले पसल सञ्चालकलाई हिजो २४ घण्टाभित्र पसल हटाउन निर्देशन दिएको थियो । महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने बताउनुभयो ।

ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्सा विपरीत रहेका औषधि पसल हटाइने उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले हटाउन लागिएको हो ।

तर फार्मेसी सञ्चालकले भने तत्कालै पसल हटाउन नसकिने बताएका छन् । काठमाडौँ महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्