कपनमा आगलागीमा ज्यान गुमाएका तीन जनाको पहिचान खुल्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौको कपनमा भएको आगलागीमा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

ताप्लेजुङ घर भएका २७ वर्षका कासाङ तेञ्जु शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाण्डौ महानगरपालिका वडा नं २६ रानीबारी बस्ने २५ वर्षका छेवाङ शेर्पाको ज्यान गएको काठमाण्डौ प्रहरीले जनाएको छ ।

ज्यान गुमाएकाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आगलागीमा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी चुनिखेलमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुढानीलकण्ठ नगरपालिका ११ कपनमा हिजो बेलुका आगलागी भएको थियो ।

आगो गएराति नै नियन्त्रणमा लिइएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्