रुपन्देहीमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ५ असोज

रुपन्देहीमा हत्याको कसुरमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको गैडहवा गाउँपालिका-५ सिंहवाका रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले २०५८ साल साउन २१ गते राती साविक विष्णुपुरा गाविस ७ मा पसल गरी बस्ने खड्कबहादुर श्रेष्ठको कुटपिट गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

जिल्ला अदालत रुपन्देहीबाट २०७३ वैशाख ३० गतेको फैसला अनुसार उनलाई जन्मकैद ठहर भएको थियो । हत्या लगत्तै फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले मंगलबार पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको लागी रुपन्देही अदालतमा पेश भएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्