ललितपुरको बागडोलमा रहेको एक कवाडी गोदाममा आगलागी

खबर बुक
  • ख-
  • ख+

ललितपुरको बागडोलमा रहेको एक कवाडी गोदाममा आगलागी भएको छ ।

प्रकाश खत्रीको जग्गामा भाडामा रहेको बच्चा साहको कागजको कवाडी गोदाममा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना प्राप्त भएपछि सेना, प्रहरी, शसस्त्र प्रहरी र उपत्यकाका ४ वटा दमकलको मद्दतले २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण शिव नारायण पोदार, राम आशिष साह गम्भीर घाइते भएका छन् भने गणेश गुरुङ्ग घाइते भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधिर राज शाहीले जानकारी दिनुभयो ।

आगलागीबाट क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्