रुकुममा बालकको शव फेला

खबर बुक
  • ख-
  • ख+

रुकुमपश्चिममाको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत  अवस्थामा  फेला  परेको   छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय  विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो  ।

विजयकी आमा मकै बारीमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव  बायाँ  खुट्टा  छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ ।

स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्